दफा २४
उम्मेदवार छनौट गर्ने तरिका
  निजामती सेवाको रिक्त पद पूर्तिको लागि उपयुक्त उम्मेदवारको छनौट गर्दा आयोगले देहायको कुनै एक वा एकभन्दा बढी परीक्षाको तरिका अपनाउन सक्नेछः –
(क) लिखित परीक्षा,
(ख) प्रयोगात्मक परीक्षा,
(ग) अन्तर्वार्ता, र
(घ) आयोगले समय समयमा तोकेका अन्य तरिकाहरू ।